TUCL digital library : use and usefulness

 Janta Multiple College, Itahari has organized online program for digital literacy. I have presented on using Tribhuvan University Digital Library During the program. Assistant professor Dr. Tolnath Kafle, Santi Ram Dahal, Dej Dahal, Birendra Karki, Purushtam Dahal, Umesh Khadka, Rajan Bhattarai, Bimala Bhattarai, Sunita Jambo Sherpa, Yem Nath Paudel, Rajan Neupane, Rajan Prasad Sharma Neupane, Bishnu, Narayan Dhamala, Bishnu Maya Sharma, Yuba Raj Sitaula, Madam Baral, have participated. The report about the program was given by the College (Santi Ram Dahal) as follows:

आज मिति २०८० साल भाद्र ८ गते शुक्रबार साँझ ८:०० बजेदेखि जनता बहुमुखी क्याम्पस इटहरी,सुनसरीकाे आयोजना, मुख्य शिक्षा विषयका विभागीय प्रमुख श्री शान्तिराम दाहालको संयोजन र यस क्षेत्रकी विज्ञ लीला न्याइँच्याईँ(विद्यावारिधि) को सहजीकरणमा 'विद्युतीय पुस्तकालय तथा स्रोत व्यवस्थापन'सम्बन्धी... घण्टे अभिमुखीकरण कार्यक्रम जनता बहुमुखी क्याम्पसमा अध्यापनरत अध्यापक /कार्यरत कर्मचारीलगायतलाई मध्यनजर गरी सम्पन्न भयो। 

जम्मा २३ जनाको सहभागिता रहेको उक्त कार्य

क्रममा सहजकर्ता न्याइँच्याईँले विद्युतीय पुस्तकालय तथा स्रोत व्यवस्थापन तथा अध्ययन अनुसन्धान गर्न आवश्यक पर्ने विभिन्न लिङ्क /साइटहरूका बारेमा सङ्क्षिप्त तर पूर्ण जानकारी दिनुभयो। यससँगै जनता बहुमुखी क्याम्पस,इटहरीको पुस्तकालयलाई कसरी इपुस्तकालयका रूपमा विकास गर्न सकिन्छ भन्ने बारेमा पनि आवश्यक छलफल भयो। यस क्रममा सहायक क्याम्पस प्रमुख द्वय टोलनाथ काफ्ले र युवराज सिटौलाले आफ्नो मन्तव्य राख्नुभयो। मन्तव्यका क्रममा उहाँहरूले क्याम्पसले हालसम्म संस्थागत रूपमा काम गर्न नसके पनि आगामी दिनमा यसलाई संस्थागत रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सहजकर्ताले प्रशासनिक व्यक्ति र पुस्तकालयका पदाधिकारीहरूको सकारात्मक र निरन्तरको काम गराइ हुने हो भने सहजै फाइदा लिन सकिने विचार अभिव्यक्त गर्नुभयो।


आजको कार्यक्रमका सबल पक्ष हेर्दा सम्पूर्ण सहभागीहरू एकदमै सक्रियतापूर्वक लाग्नु,सहजकर्ताले सूक्ष्म र विस्तृत रूपमा सिकाउने प्रयत्न गर्नु र सहभागीहरू जिज्ञासु हुनु आदि रहेका देखिए भने सुधारात्मक पक्ष हेर्दा समयको उपयुक्त व्यवस्थापनलगायतका कुराहरूमा ध्यान दिनु आदि देखिन्छन्।

Comments

Post a Comment

Popular posts from this blog